मेडिकल शिक्षाका लागि दिइने छात्रवृत्तिबारे अध्ययन हुँदै
काठमाडौं:मेडिकल शिक्षाका लागि दिइने छात्रवृत्तिबारे अध्ययन गर्न शिक्षा मन्त्रालयले कार्यदल बनाउने भएको छ । चिकित्सा शिक्षाका विभिन्न विषयमा अध्ययनका लागि प्रदान गरिने छात्रवृत्तिका कारण राज्य कोषमा ठुलो व्ययभार परिरहेको भन्दै मन्त्रालयले यसबारे अध्ययन गर्न कार्यदल गठन गर्ने बताएको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको ‘मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’ को बैठकले कार्यदल गठन गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरेको हो ।
Share on Twitter