न्याम्स र वीर अस्पतालको सुधारकालागि सेवाग्राही बनेर सोच्नुपर्छ :सचिव बुर्लाकोटी
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पताल छुट्टाउने विषय छलफल गरेर टुङ्गाउनुपर्ने बताएका छन् ।
यो आन्तरिक विषय भएकाले यो विषय आन्तरिक रूपमै छलफल गरेर समाधान खोज्नुपर्ने बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बुर्लाकोटीले न्याम्सले चिकित्सक उत्पादन गरे पनि संस्था आफै चिनिन नसकेको उल्लेख गरे ।
विगत देखिनै वीर र न्याम्स अलग्गिने विषय आए पनि अहिले सम्म सोही विषयमा रुमलिएको बताए । जनताले वीर अस्पताल मात्र चिनेको बताउँदै उनले न्याम्स अझै चिनिन नसकेको बताए । उनले भने ‘जनताले चिनेको वीर अस्पताल हो न्याम्सले डाक्टरहरू उत्पादन गरेको छ,सेवा विस्तार गरेको छ न्याम्स आफैमा चिनिएन । सबै चिकित्सकको प्रमाणपत्रमा न्याम्स लेखिए पनि आफै चिनिन सकेको छैन’ ।
उनले न्याम्स र वीर अस्पतालको सुधारकालागि कर्मचारीले सेवाग्राही बनेर सोच्नुपर्ने उनको भनाइ छ । वीर अस्पताल सुधार भयो भने सबै अस्पताल सुधार हुने अपेक्षा आफ्नो रहेको बताए । उनले कर्मचारीलाई देश अनुसार कर्मचारी चल्नुपर्ने बताए । अस्पताल र न्याम्स सुधारकालागि अधिकारको लडाइ छाडेर कर्तव्यको लडाई लड्न आह्वान गरे ।
Share on Twitter