हात्तीपाइले रोगविरुद्धको औषधी सेवनपछिको मुत्युबारे छानबिन
काठमाडौं:स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको बिहीबार हात्तीपाइले विरुद्धको औषधी सेवनपछि स्वास्थ्यमा जटिलता देखिएर मृत्यु भएको बताइएको छ ।
हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । यसबारे छानबिन भईरहेको उनले जानकारी दिए । मुत्युको बिषयबारे मन्त्रालयका अतिरिक्त सचिवसहितको टोली झापा पुगेको जनाइएको छ ।
औषधी सेवनबाट मुत्यु नहुने भएपनि दीर्घरोगी, भोकोपेट भएका व्यक्तिले हात्तीपाइले विरुद्धको औषधी सेवन गर्नले उल्टी आउने समस्या देखिएको बुढाथोकीले बताए । औषधीको कारण नभई मुत्यु संयोग पनि हुन सक्ने उनको भनाइ छ । यसबारे अनुसन्धानबाट खुल्ने उनले बताए ।
Share on Twitter