ट्रयाक्विलिटी इन्टरनेश्नल ब्युटी एण्ड स्पा एकेडेमी हेरिटेज प्लाजामा
काठमाडौँ:ट्रयान्क्विलिटी स्पा प्रालिले आफ्नो भगिनि संस्थाको रुपमा कमलादीको हेरिटेज प्लाजा परिसरमा ट्रयाक्विलिटी इन्टरनेश्नल ब्युटी एण्ड स्पा एकेडेमी (टिब्सा) सञ्चालनमा ल्याएको छ ।
नेपालका अधिकांश पाँच तारे होटल तथा रिसोर्टमा स्पा तथा वेलनेश सेवा प्रदान गर्दै आएको यो संस्थाले स्पा तालिम समेत दिदै आएको छ । यान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमीले रोजगारीको ग्यारेन्टी सहित तीन महिने ’स्पा थेरापिष्ट’को तालिममा नयाँ भर्ना खोलेको छ। हेरिटेज प्लाजाको नयाँ लोकेसनमा तालिम संचालनको लागि तयारी पुरा भएको जानकारी दिन आज आयोजित कार्यक्रममा एकेडेमीका कार्यकारी निर्देशक सुरेश पुरीले हालसम्म तालिम लिएका कोही पनि वेरोजगार नभएको जानकारी दिए ।
२००९ मा ट्रयान्क्विलिटी ब्युटी एकेडेमीका रुपमा स्थापना भएको र हाल ट्रयान्क्विलिटी इन्टरनेशनल ब्युटी एण्ड स्पा एकेडेमी नाममा संचालन भएको यस सेन्टरले हाल सम्म १५०० जना स्वदेशी तथा ३०० विदेशीलाई स्पा थेरापिष्ट सहित विभिन्न तालिम दिइरहेको छ। पछिल्लो समय स्पा सेवा लिनेको संख्या बढी रहेको, देशमा ठूला होटल तथा रिसोर्टहरु खुल्ने क्रम बढेको र ठूला होटल तथा रिसोर्टहरुलाई स्पा तथा वेलनेश सेवा अनिवार्य राख्नु पर्ने व्यवस्था भएकोले पनि यसमा तालीम प्राप्त जनशक्तिको उच्च माग भएको उनले बताए ।
उनले स्वदेशमा मात्रै नभई स्पाको शीप सिकेका व्यक्तिलाई विदेशमा पनि उत्तीकै राम्रा अवसर प्राप्त हुने दावी गरे । सेन्टरका निर्देशक तथा ट्रेनिङ कोअर्डिनेटर राजेश फैजुले आवश्यकता अनुसार ६ दिन देखि एक वर्ष सम्मका तालीमको डिजाइन गरेको भन्दै त्यसका लागि लाग्ने शुल्क व्यवस्थापनका लागि बैंकिङ ऋणको व्यवस्थाका लागि सहजीकरण समेत गरिदिने बताए ।
उनले आफ्नो एकेडेमीमा तालीम लिन आउनेहरुलाई स्पा बारे स्वीजरल्याण्ड, थाइल्याण्ड, दुबई, भारत लगायत देशका प्रतिष्ठित कलेज तथा तालिम केन्द्रहरूबाट प्रशिक्षक झिकाउनुको साथै आयुर्वेदिक चिकित्सकहरुबाट प्रशिक्षण गराईरहेको बताए । तालीमप्राप्त जनशक्तिको माग उच्च भएपछि सेन्टरले डिप्लोमा इन स्पा थेरापी, बेसिक इन मसाज थेरापी, आयुर्वेदा फाउन्डेसन कोर्स तथा एडभान्स डिप्लोमा इन स्पा म्यानेजमेन्ट जस्ता कोर्सहरु डिजाइन गरि सुरुवात गरेको हो।
स्पा एकेडेमीबाट तालीम लिए पश्चात स्वरोजगार तथा व्यावसायिक सुरुवात गर्न चाहनेहरूलाई अत्यन्त उपयोगी हुनुका साथै वैदेशिक रोजगारीमा जान चाहनेहरुले आकर्षक तलब सहित सम्मानजनक जागिर प्राप्त गर्न सक्ने एकेडेमीले दावी गरेको छ । टिब्साले दिन लागेको तालीमका विभिन्न कोर्षहरुमा साधारण लेखपढ गर्ने व्यक्ति देखि स्नातक गरेका व्यक्तिसम्मलाई मिलाएर डिजाइन गरिएको छ ।
Share on Twitter