बिरामीको मृत्युपछि केएमसीमा तोडफोड,ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
काठमाडौं:सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेका छन्। आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गर्नुका साथै ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण गरेका छन्।
काठमाडौं बत्तीस पुतलीका ६२ वर्षीय पुरुषको इमर्जेन्सीमा उपचारका क्रममा मृत्यु भएको हो । पेट दुखेपछि बिरामीलाई दिउँसो सवा ४ बजे बिरामीलाई अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा साझ सात बजेर २२ मिनेटमा मुत्यु भएको थियो ।
बिरामीको मुत्युपछि मृत्तकका आफन्तले अस्पताल तोडफोड गर्नुका साथै चिकित्सकमाथी आक्रमण गरेका थिए । इमर्जेन्सी विभागकी प्रमुख प्रा.डा.विनिता प्रधान र इमर्जेन्सीमै ड्यूटीमा रहेकी अर्की एक डाक्टरलाई समेत बिरामीका आफन्तले हातपात गरेका थिए । आक्रोशित भीडले इमर्जेन्सीको काउन्टर र झ्यालका सिसा समेत फुटाएका छन्। आफन्तले उपचारका क्रममा अस्पतालका तर्फबाट लापरबाही भएको आरोप लगाएका छन्।
प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले अस्पताल तोडफोड भएको जानकारी आएको र टोली खटिएर अनुसन्धान गरिरहेको जानकारी दिए।
Share on Twitter