अशक्त र गरिब नागरिकलाई काठमाडौंमा निःशुल्क उपचार
काठमाडौँ:अशक्त र गरिब नागरिकले काठमाडौंमा निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् । महानगरले सूचना नै जारी गरेर देशभरका अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो ।
कामपाका मेयर बालेन शाहले लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएका छन्।
महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन्। उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन्। महानगरले ११८० मा फोन गरेर सेवा सम्बन्धि जानकारी लिन भनेको छ ।
विपन्न र असाहय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. नेपाल सरकार ÷ प्रदेश सरकार÷ स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात÷ परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र ÷ नेपाली नागरिकता प्रमाण पत्र÷ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची–५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची– ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची– ३ अनुसारको सिफारिस गरेको पत्र,
बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।
थप जानकारी : https://freehealth.kathmandu.gov.np/
Share on Twitter