मध्यबिन्दु जिल्ला अस्पताललाई गैंडाकोट नगरपालिकाको सहयोग
काठमाडौं:मध्यबिन्दु जिल्ला अस्पतालमा डायलाइसीस सेवा बिस्तारकालागि गैंडाकोट नगरपालिकाले सहयोग गरेको छ । सोमबार एक कार्यक्रमकाबिच नगरपालिकाले अस्पताललाई सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।
गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारीले अस्पताललाई सामाग्री हस्तान्तरण गरेका हुन् । एक पटकमा दुई वटा रिप्रोसेस गर्न मिल्ने डायलाइसिस रिप्रोसेसिंग मेसिन एउटा , एक दशमलव पाँच टनको एक थान एसी र ५६ खण्ड भएको लकर अस्पताललाई प्राप्त भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कंडेलले जानकारी दिए।
Share on Twitter