फार्मेसी पेशाको विज्ञतालाई पहिचान गर्न एनपीएले गरायो स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
काठमाडौं:नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)ले नेपाल कानून आयोगले तयार गरेको औषधि विधेयक २०८० को मस्यौदा संसोधन गर्नुपर्ने सुझाव दिएको छ ।
एनपीएले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटी विधेयकको मस्यौदामा परिमार्जन गर्नुपर्ने सुझाव दिएको हो । एनपीएका अध्यक्ष ललितमोहन पन्त, महासचिव सञ्जीव कट्टेलसहितको पदाधिकारी टोलीले मन्त्री यादव आठ पेज लामो सुझाव पत्र पेश गरेको हो ।
एनपीएका सञ्चार सचिव अनिश श्रेष्ठले कानून आयोगले तयार गरि स्वास्थ्य मन्त्रालयमा पठाएको मस्यौदामा दीर्घकालीन असर गर्ने केही कुराहरु रहेको र केही कुराहरु छुटेकोले ती कुरालाई समेटनु पर्ने भन्दै संस्थागत रुपमा लिखित सुझाव दिएको जानकारी दिए ।
औषधि ऐन, २०३५ मा फार्मेसी पेशाको विज्ञतालाई पहिचान गरि दिईएको औषधि निरीक्षक तथा औषधि विश्लेषक को कानुनी अधिकार हाल अन्य अप्राविधिक (प्रशासन का सहायक स्तरका कर्मचारी समेत) लाई दिएर पेशालाई पूर्ण रुपले प्रतिगमनमा लाईजान खोजेकोमा एनपीएले ध्यानाकर्षण भएको जनाएको छ ।
Share on Twitter