सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी
काठमाडौं:सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । लत्ताकपडाका सामानहरु राखिएको स्टोरमा आगलागी भएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन ।
अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
Share on Twitter