राज्यले प्रदान गर्ने स्वास्थ्य सुविधाबारे जनतालाई बुझाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव
काठमाडौं :उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनतालाई राज्यले प्रदान गर्ने सुविधाबारे जागरुक बनाउनुपर्ने बताएका छन् ।
विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य सेवा विभागले गरेको कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री यादवले जनताको स्वास्थ्य अधिकारलाई स्थापित गर्न समन्वयात्मक भुमिका निभाउन सबैमा आग्रह गरेका छन् । मन्त्री यादवले जलवायु परिवर्तनले विशेषगरी निम्न आय भएको वर्ग बढी मारमा परेको बताए ‘जलवायु परिवर्तन र अन्य प्रदूषणले गर्दा सफा हावामा स्वास लिन पाउने अधिकारबाट वञ्चित हुने अवस्था आएको ।
आर्थिक रूपमा पिछडिएका व्यक्ति, जोखिममा रहेका समुदाय, अपाङ्गता भएका व्यक्ति अल्पसंख्यक तथा अन्य विविध आवश्यकता भएका जनसंख्या बढी मारमा पर्ने गरेका छन् ।’ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल आधारभूत स्वास्थ्यका बारे जनचेतना बढाउनुपर्ने बताए । कार्यक्रममा स्वास्थ्य विभागकी महानिर्देशक डा. सङ्गीता मिश्राले स्वास्थ्य सेवा समानतामा नभई समातामूलक पहुँच हुनुपर्ने बताइन् ।
Share on Twitter