सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज

काठमाडौं:अमेरिकामा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । अमेरिकाको मासाच्यूट्स जनरल अस्पतालमा २ साता अघि गरिएको ऐतिहासिक सर्जरी पश्चात् ६२ वर्षीय रिचार्ड रिक स्लेमन नाम गरेका ती बिरामी बुधवार घर फर्केका हुन।
म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा दुई हप्ता अघि शल्यक्रिया गरेर स्लेमनको शरीरमा सुँगुरको मिर्गौला हालिएको थियो । आनुवंशिक रूपमा परिमार्जित सुँगुरहरूबाट अंग प्रत्यारोपण विगतमा असफल भएको थियो तर यस प्रक्रियाको अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरूले प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा स्वागत गरेका छन्। सन् २०१८ मा स्लेमनको शरीरमा ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
तर त्यसमा समस्या आएपछि स्लेम्यान पुन डायलासिसमा गएका थिए । मार्च १६ मा चार घण्टा लामो शल्यक्रियापछि डाक्टरहरूले जिन संशोधन गरिएको सुगुरको मिर्गौला उनको शरीरमा प्रत्यारोपण गरिदिए । किड्नीले स्लेम्यानको शरीरमा राम्रोसँग काम गरिरहेको अनि डाइलिसिस पनि नचाहिएको बुधबार अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । स्लेम्यानले आफू बाच्न मात्रै नभई हजारौ मानिसलाई बचाउने अभियानलाई सघाउनका लागि आफू सुगुरको मिर्गौला प्रत्यारोपण गर्ने अभियानमा जोडिएको बताए ।
‘मैले यसलाई मलाई मद्दत गर्ने तरिकाको रूपमा मात्र नभई बाँच्नको लागि प्रत्यारोपण आवश्यक पर्ने हजारौं मानिसहरूको लागि आशा प्रदान गर्ने तरिकाको रूपमा देखेको छु,’ उनले भने। मानवमा प्रत्यारोपण गरिएको यो पहिलो सुँगुरको मिर्गौला हो, तर प्रत्यारोपण प्रक्रियामा प्रयोग हुने पहिलो सुँगुरको अंग भने होइन। दुई अन्य बिरामीहरूले सुँगुरको मुटु प्रत्यारोपण प्राप्त गरेका छन्, तर ती प्रक्रियाहरू असफल भएका छन् । मुटु प्रत्यारोपण गरिएका दुबै व्यक्तिहरुको केही हप्ता पछि मृत्यु भयो ।