मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एसीको पाइप पड्कियाे
काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एसीको पाइप पड्किएको छ ।
विस्फोटको ठूलो आवाजपछि त्यहाँरहेका मानिसहरू तितरवितर भएका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले एसीको पाइपमा जोडिएको तार सर्ट हुँदा ठूलो आवाज आएको बताए ।
आवाजका कारण अस्पतालमा रहेकाहरू तितरबितर भएपनि कुनै मानवीय र भौतिक क्षति नभएको बताईएकाे छ ।अस्पताल प्रशासनले विस्फोट भएको एसी मर्मत गरिरहेको छ ।
Share on Twitter