नेपाल मेडिकल काउन्सिलले लिने परीक्षाको बार्षिक तालिका सार्वजनिक
काठमाडौं:नेपाल मेडिकल काउन्सिलले परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ । विसं २०८१ सालमा लिने दर्ता प्रमाणपत्रको परिक्षा मिति सार्वजनिक गरेको हो ।
काउन्सिलले सार्वजनिक गरेको तालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा बर्षको तीन पटक र स्नातकोत्तर तहको विशेष (स्पेशल) परीक्षा बर्षको तीन पटक गर्ने छ ।
त्यसमा स्नातक तहको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा जेठको ७,८ र ९ गते पहिलो, असोज १३,१४ र १५ गते दोस्रो र माघको ८,९ र १० गते तेस्रो पटक लिने छ । यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा तर्फ साउन १७ र १८ गते पहिलो, मंसिर २० र २१ गते दोस्रो र चैतको २१ र २२ गते तेस्रो हुने छ ।
काउन्सिलले आगामी जेठमा हुने लाइसेन्स परीक्षाका लागि आगामी २६ चेत देखि परीक्षा फारम खुल्ने जनाएको छ । २५ बैशाखसम्म नियमित र २६ र २७ बैशाखमा बिलम्ब शुल्क सहित अनलाइन आवेदन मार्फत फारम भर्न सकिने जनाइएको छ ।
Share on Twitter