एमालेले सुरु गरेका कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्यमन्त्रीकाे ध्यानाकर्षण
काठमाडौं:नेकपा एमालेले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ । एमाले स्वास्थ्य विभाग प्रमुख एवं पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको टोलीले आज उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।
एमाले नेतृत्वमा रहेको सरकारले शुरु गरेका तर हाल सुस्त गति वा स्थगित भएका कार्यक्रमलाई अघि बढाउन माग गरेको छ । ’३९६ स्थानीय निकायमा आधारभूत अस्पतालको सिलान्यास गरि आगामी ४ बर्षमा सबै ७५३ पालिकामा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि ५, १० र १५ शैयाका अस्पताल निर्माण सम्पन्न गर्दै जनताको स्वास्थ्य सम्बन्धि मौलिक अधिकारको सुनिश्चितता गर्न अपील गर्दछौं,’ ध्यानाकर्षणमा भनिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगबाट सुचारू गर्नका लागि उपचार कार्यविधि, औषधि आपुर्ति सहजता, सेवा सुनिश्चितता र स्वास्थ्यकर्मी पहिचान लगायत समयमा सेवा शुल्क भुक्तानिकालागि तत्काल प्रक्रियागत ढिलाई र कानुनीरुपमा रहेका जटिलतालाइ हल गरी सेवाको सुनिश्चितताको लागि समेत अनुरोध गरिएको छ । भेटमा मन्त्री यादवले स्वास्थ्य क्षेत्र सुधारका लागि आफू काम गर्ने अठोटका साथ आएको भन्दै सुझावलाई मनन गरेर अघि बढ्ने आश्वासन दिए ।



Share on Twitter