स्वास्थ्य मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटी
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा मधुसुदन बुर्लाकोटीले जिम्मेवारी पाएका छन्। सचिव बुर्लाकोटी उपराष्ट्रपतिको कार्यालयबाट सरुवा भएका हुन्।
स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको दरबन्दी रहेको छ । प्रशासन तर्फको सचिव रहेकी देवकुमारी गुरागाईँ गत फागुनको अन्तिममा अवकाश पाएपछि सो पद रिक्त थियो ।
रिक्त रहेको स्थानमा मन्त्रिपरिषदले बुर्लाकोटीलाई जिम्मेवारी दिएको हो। बुर्लाकोटी विसं २०७५ बैशाख देखि २०७६ भदौसम्म स्वास्थ्य मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत थिए ।
सचिव बुर्लाकोटीले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेटेका छन् । उनले आउँदो बुधबारबाट स्वास्थ्यमा हाजिर हुन आउने बताएका छन् ।
Share on Twitter