गाँजा खेती खुलाउन कांग्रेस सांसद सापकोटाको प्रस्ताव
काठमाडौं:नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन् ।
उनले लोकल रक्सीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताइन् । पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने उनले बताइन् । तर, राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै उनले विरोध जनाइन् ।
गाँजा औषधिको रुपमा प्रयोग हुने, गाँजाको बोट धागोका लागि प्रयोग हुने उल्लेख गर्दै उनले भनिन्, ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौं । आर्थिक आम्दानी गर्न सक्छौं ।’
Share on Twitter