भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. उज्वल चालिसे नियुक्त
काठमाडौं:भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा उज्जवल चालिसेले पाएका छन् ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो। अघिका निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले उमेरहदका कारण बुधबारबाट अवकाश पाएका हुन्। डा श्रेष्ठले अवकाश पाएपछि मन्त्रालयले रिक्त रहेको स्थानमा डा चालिसेलाई जिम्मेवारी दिएको हो।
Share on Twitter