आठ महिनामा कर्णालीमा ९ सय भन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिए
काठमाडौं:कर्णालीमा आठ महिनामा ९ सय भन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।
अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार ७७ जनामा क्षयरागको सङ्क्रमण देखिएको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै नौ सय तीन बिरामी थपिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति दयाराम पङ्गालीले जानकारी दिए।
चालु आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै सुर्खेतमा तीन सय १८ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । सल्यानमा एक सय ४९, रुकुमपश्चिमा एक सय एक र दैलेखमा ९९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका क्षयरोग स्रोतव्यक्ति पङ्गालीले जानकारी दिए ।
यस्तै जाजरकोटमा ८६, कालीकोटमा ५२, जुम्लामा ५४, डोल्पामा १९, हुम्लामा १३ र मुगुमा १२ नयाँ क्षयरोगका बिरामी चालु आर्थिक वर्षको आठ महिनामा फेला परेको उनले बताए ।
Share on Twitter