पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
काठमाडौं:पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा गएराती साढे ९ बजे उनको निधन भएको हो ।
पित्तथैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली पुगेका थिए । सल्यक्रियापछि उनलाई मस्तिष्कघात भयो । त्यसपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा निधन भएको हो । स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगिता कौशल मिश्राले परिवार स्रोतलाई उल्लेख गर्दै गएराती ९:२८ बजे निधन भएको बताइन ।
डा मिश्रले २०६६ देखि २०७१ साउन सम्म स्वास्थ्य मन्त्रालयको सचिव पद सम्हालेका थिए । उनी ५१ बर्षको उमेरमा सेवा निवृत्त भएका थिए । दन्त रोग विशेषज्ञ डा मिश्रले अवकास पछि पनि चिकित्सकिय अभ्यास जारी राखेका थिए।
अवकासपछि उनी केही समय राजनीतिमा पनि सक्रिय भए। उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय रहेर काम गरेका थिए ।
Share on Twitter