बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्बोच्चको आदेश
काठमाडौं:सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याउनको लागि बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।
‘रिट निवेदनमा जे मागदावी थियो अहिले त्यहि आदेश भएको छ,’ सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले भने । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै प्रसाईंले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए।
Share on Twitter