‘कमजोर स्वास्थ्यका कारण’महरा हाजिर जमानीमा रिहा
काठमाडौं:पूर्व सभामुख कृष्ण बहादुर महरा हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको सहमतिमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो । भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
अदालतले दिएको म्याद आज सकिँदैछ । अझै हिरासतमा राख्नु परेमा अदालतबाट फेरि म्याद थप्नुपर्छ । तर, सीआईबीमा उनलाई हाजिरी जमानीमा छोड्नेबारे छलफल भएको स्रोतले बतायो ।
अनुसन्धान अधिकृहरुसँग नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्विकारेका छन् । अनुसन्धाानमा संलग्न एकजना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्–‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन् ।’
Share on Twitter