स्वास्थ्यका अधिकृतहरुको सरकारी सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं:स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।
न्यायाधीस सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश दिनुका साथै कारण देखाउ आदेशसमेत दिएको छ ।
नेपाल मेडिकल एसोसिएसन (एनएमए)ले नेपाल सरकारलाई विपक्षी बनाएर हालेको रिटमा बिहीबार फैसला गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरुले उम्मेदवारको उमेर हद ३५ वर्ष राखेर विज्ञापन गरिरहेका थिए । विभिन्न समयमा सरकारको ध्यानाकर्ष समेत एनएमएले गराएको थियो ।
Share on Twitter