चकलेटजन्य पदार्थमा कर बढाउन डेनटल साइन्स हाइजेनिस्ट एसोसियसनको माग
काठमाडौं:नेपाल डेनटल साइन्स हाइजेनिस्ट एसोसियसनले जनकपुरमा रहेको मुसहर बस्तीमा जनचेतना मूलक कार्यक्रम गरेको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनकपुर उपमहानगरपालिका १ मुसहर टोलमा भएको कार्यक्रममा बस्तीका १ सय ५० जनालाई ब्रस र मन्जन वितरण गरेको छ । कार्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले मुख स्वास्थ्यबारे जनचेतना बढाउन आवश्यक रहेको बताए । उनले सचेतना अभियानमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन् ।

यस्तै एसोसियसनले दिवसको अवसर पारेर देशका विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले दाँतलाई असर गर्ने चकलेट जन्य पदार्थको कर बढाउन माग गरेका छन् ।
Share on Twitter