माओवादी केन्द्रका उपाध्यक्ष महरालाई हिरासत बस्न परेन,नर्भिक अस्पतालमा भर्ना
काठमाडौं:नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । उनी हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका हुन्।
जिल्ला अदालत काठमाडौंले चार दिन म्याद अनुमति दिँदै बिरामी भएका कारण उनलाई अस्पतालमा लैजान भनेको छ । उनी सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका हुन् ।पक्राउ गरेर काठमाडौं ल्याइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्न हिरासतमा राख्नका लागि म्याद अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
जिल्ला अदालत काठमाडौंले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको छ।

Share on Twitter