गण्डकीमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पनि कृषिमन्त्री जिसीलाई
पोखरा:गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्र ध्वज जिसीले सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।
मुख्यवमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमण्डले हेरफेरका क्रममा जिसीलाई सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन् ।
यसअघि उक्त मन्त्रालयमा माओवादी केन्द्रकी शुशीला सिम्खडा मन्त्री थिइन्। सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिएपछि अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले दिपक गुरुङ मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मनाङे भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका हुन्। नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति समेत रहेका जिसी नवलपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका हुन् ।
Share on Twitter