नर्सिङको लाइसेन्स परीक्षामा ७० प्रतिशत उत्तीर्ण
काठमाडौं:पीसीएल र बीएस्सी नर्सिङ तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका छन् ।
नेपाल नर्सिङ परिषद्ले शनिबार सञ्चालन गरेको परीक्षामा ७० प्रतिशत उत्तीर्ण भएका हुन्। पीसीएल तर्फ परीक्षामा सहभागि भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार शुक्ला खनालले जानकारी दिए ।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना (६०.२२ प्रतिशत उत्तीर्ण भएका छन्। दुबै तहको कुल उत्तीर्ण प्रतिशत एकीकृत गर्दा भने ७०.२९ रहेको छ ।
परिषद्ले लिएको यो पीसीएल तर्फको ३५ औँ नाम दर्ता परीक्षा हो भने बीएस्सी तर्फ पाँचौँ नाम दर्ता प्रमाणपत्र परीक्षा हो । परीक्षामा अनुतीर्ण भएका परीक्षार्थीहरुले आगामी परीक्षामा सहभागी हुन पाउने बताइएको छ ।
Share on Twitter