सैन्य अभियान अघि नबढाउन इजरायललाइ डब्लुएचओको आग्रह
काठमाडौं:विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इजरायललाई सैन्य अभियान अघि नबढाउन आग्रह गरेको छ ।
डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्विटरमार्फत सन्देश जारी गर्दै मानवीय विपत्तिलाई अझ खराब हुन दिनु नहुने बताउँदै ‘मानवताका लागि’ शान्तिको बाटो तय गर्न आग्रह गरेका हुन् ।
गेब्रेयेससले ट्विटरमार्फत जारी सन्देशमा लेखेका छन्, ‘रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको छ।’ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार रफाहमा आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका थिए।
स्वास्थ्य संस्थाहरू पहिले नै क्षमताभन्दा बढी सेवा दिन बाध्य भइरहेको अवस्थामा थप आक्रमण भए स्वास्थ्य अवस्था थप अस्तव्यस्त हुने तर्फ उनले सचेत गराएका छन् ।
Share on Twitter