युवाहरुको क्षमता विकासकालागि बिल्ड एन्ड ट्रेनको साथ
काठमाडौं: गैर नाफामुलक संस्था बिल्ड एन्ड ट्रेनले युवाहरुलाई जीवनको लक्ष्य पहिल्याउन सहयोग गरिरहेको छ । युवाहरुको क्षमता विकासकालागि विभिन्न तालिम सञ्चालन गरिरहेको छ ।
दुईवटा विधि मार्फत युवाहरुलाई तालिम दिइरहेको संस्थाले जनाएको छ । नेतृत्व र भिजन म्यापिङ अन्तर्गत सहभागीहरुमा प्रभावकारी नेतृत्व बिकास र दुरदर्शिताको प्रबर्द्धन गरि आफ्नो उदेश्य प्राप्तिको लागि रोडम्याप तयार गर्न सिकाउने संस्थापक मान्स्वी पौडेलले जानकारी दिइन् ।
यस्तै उनले रणनीतिक कार्य प्राथमिकता र कार्यान्वयन योजनाबारे युवाहरुलाई प्रशिक्षण दिने गरिएको बताइन् । कार्यहरुको प्राथमिकता निर्धारण कसरी गर्ने र सफल परिणामहरूको लागि विस्तृत कार्यान्वयन योजनाहरू सिर्जना गरि आफ्नो उत्पादकत्व कसरी बढाउने भन्ने कुरा सहभागीलाई यो मोड्युलमा सिकाइने उनको भनाइ छ । सि लिड्स कार्यक्रम निशुल्क रुपमा भर्चुअल विधिबाट संचालन भइरहेको छ । फेब्रुअरी २९ देखि सुरु भएको यस अनलाइन कार्यक्रममा विभिन्न देशका गरि कुल ५० जनाको सहभागिता छ ।
“यो कार्यक्रम युवाहरुको क्षमता अभिवृद्धि र नेतृत्व बिकाशको लागि ल्याइएको हो, यस कार्यक्रमले युवालाई आफ्नो उदेश्य प्राप्त गर्नको लागि दिशानिर्देश गर्नेछ भन्ने हाम्रो बिश्वास छ।“ संस्थापक मान्स्वी पौडेलले भनिन् । यस निःशुल्क कार्यक्रम तीन हप्ता सम्म चल्ने र यसको आगामी सत्रमा जोडिन चाहनेले यस संस्थामा सम्पर्क गर्न समेत संस्थापक पौडेलले आग्रह गरिन् ।
दुई इन्जिनियर मान्स्वी पौडेल र स्नेहा सन्जेलले २०७७ माघमा स्थापना गरेको यस गैरनाफामुखी संस्था बिल्ड एन्ड ट्रेनले युवाहरु लक्षित इटयाब्स, अटोक्याड ट्रेनिङ, सि.भि राइटिङ तथा रिसर्च सम्बन्धि ट्रेनिङ लगायत अन्य विभिन्न बहुउपयोगी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।
Share on Twitter