पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिको जिम्मेवारी डा.पोखरेललाई
काठमाडौं:पूर्वाञ्चल विश्वविद्यालयको उपकूलपतिको जिम्मेवारी डा. शैलेषमणि पोखरेलले पाएका छन् ।
चिकित्साशास्त्र संकायका डीन डा.पोखरेललाई बिहिबार प्रधानमत्री पुष्पकमल दाहाल प्रचण्डले ३ महिना सम्मका लागि दैनिक कामकाजलाई निरन्तरता दिन उपकुलमतिको जिम्मेवारी दिएका हुन् ।
तत्कालीन उपकूलपति प्रा.डा यादवराज कोइरालाको पदावधि सकिएपछि पद रिक्त रहेको थियो । उपकुलपति प्रा.डा. कोइरालाको चारवर्षे कार्यकाल गत फागुन १८ सकिएको थियो ।
नयाँ उपकुलपतिको पदपूर्ति प्रक्रियामा रहेकाले डा पोखरेललाई ३ महिनाको जिम्मेवारी दिइएको बताइएको छ । विश्वविद्यालयको उपकुलपति पदकालागि लागि १८ जनाले आवेदन दिएका छन् ।
पदभार ग्रहण गर्दै डा.पोखरेलले नियमित एकेडेमिक क्यालेन्डर अमुसारको कार्यक्रम संचालन, परिक्षा निमित गर्ने तथा शिक्षण अस्पतालको स्तर उनन्ति गर्ने आफ्नो पहिलो काम हुने बताए ।
Share on Twitter