पाठेघरको मुखको क्यान्सरको रोकथाम र परिक्षणका लागि राष्ट्रव्यापी सचेतना अभियान शुरु
काठमाडौं:पाठेघरको मुखको क्यान्सरको रोकथाम र परिक्षणका लागि राष्ट्रव्यापी सचेतना अभियान शुरु गरिएको छ।नारी दिवसको अवसरमा मेरी स्टोप्स इन्टरनेशनल नेपाल, निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल तथा अष्ट्रेलियन एडले स्वास्थ्य सेवा विभागको परिवार् कल्याण महाशाखाको सहकार्यमा पाठेघरको मुखको क्यान्सरको रोकथाम र परिक्षणका लागि राष्ट्रव्यापी सचेतना अभियान शुरु गरेको हो।
संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा उक्त मेरी स्टोप्स इन्टरनेशलनले उक्त जानकारी दिएको हो। साथै यी तीनै संस्थाहरुले बिहीबार संयुक्त रुपमा आयोजनामा भएको पत्रकार सम्मेलनमा पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि सचेतना अभियान समेत घोषणा गरेका थिए। नारी दिवसको अवसरमा ५० जनालाई निःशुल्क क्यान्सर स्क्रिनिङ सेवा प्रदान समेत बताइएको छ।
यस अभियानको मुख्य लक्ष्य अभियान लागु हुने जिल्लाहरुमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र खोपको माध्यमबाट पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सहयोग गर्नु हो। पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ, जसको कारण महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको तथ्यांकले देखाउँछ। सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भएको तथा १,३१३ जनाको मृत्यु भएको तथ्यांक छ।
उक्त अभियान सञ्चालनका लागि एनसेलको बृहत नेटवर्क, सामाजिक संजाल र मेरी स्टोप्स इन्टरनेशनल नेपालको समुदाय स्तरमा रहेको उपस्थितकिो उपयोग गर्ने बताइएको छ।
यही महिना अर्थात् मार्च २०२४ देखी सञ्चालन हुने यस सचेतना अभियान अन्तर्गत ९ देखी ४९ वर्ष उमेर समूहका किशोरी तथा महिलाहरुलाई लक्षित गरी विभिन्न क्रियाकलापहरु सञ्चालन गरिनेछ। थप जानकारीका लागि मेरी स्टोप्स इन्टरनेशनल नेपालको पैसा नलाग्ने टोल फ्री नम्बर ११४३ मा सम्पर्क गर्न मेरी स्टोप्सले अनुरोध गरेको छ।
Share on Twitter