जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने
काठमाडौं :जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने भएका छन् । बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणीले यादवलाई सरकारमा पठाउने निर्णय गरेको हो।
उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जसपाका प्रमुख सचेतक प्रदीप यादवले बताएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।
तर यसबारे अन्तिम निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ ।
Share on Twitter