उत्तम जोशीका ९ महिना १६ दिन
काठमाडौँ:बागमती प्रदेशका निर्वतमान स्वास्थ्य मन्त्री उत्तम जोशीले आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् ।
२०८० जेठ ७ मा नेपाली कांग्रेसबाट मन्त्री नियुक्त भएका उनले स्वास्थ्य सेवामा गुणस्तर कायम गर्न र सहज सेवा प्रवाहमा आफूले भूमिका खेल्न सकेको अनुभव गरेको बताए । आफू मन्त्री नियुक्त भएदेखि प्रदेश सरकारलाई सफल बनाउन विभिन्न योजनाका साथ काम गर्दै अघि बढेको उनको भनाई छ ।
९ महिना १६ दिन प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेको बताए । उनले आफ्नो कार्यकालमा प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्कदेखि सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धारका योजना कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् । यस्तै अस्पताल सुधारका योजना समेत अघि सारेका छन् ।
Share on Twitter