बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए
काठमाडौं:बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीले सफाइ पाएका छन् । प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दामा विशेष अदालतले उनलाई सफाइ दिएको हो ।
उक्त मुद्दाका विषयमा बुधबार विशेष अदालतका न्यायाधीसद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाइ दिएको हो। डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ सालको माग ९ गते नपाएको ओहोदा पाएँ भनी भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर गरेको थियो।
विशेषले डा गिरीसहित मतियार बनाइएका विराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीलाई पनि सफाइ दिएको छ। डा कार्कीले अदालतले आफूमाथि न्याय गरेको प्रतिक्रिया दिए । अदालतले डा गिरी नियुक्ति खान उनले नपाएको ओहोदाको कागजपत्र प्रयोग नगरेको, उक्त प्रोफेसर पदका आधारमा भ्रष्टाचारलगायतका अन्य काम नभएको भन्दैं उनलाई सफाइ दिएको हो।
विशेषको यो आदेशसँगै डा गिरी प्रतिष्ठानमा उपकुलपतिका रुपमा काम गर्न जाने भएका छन्। डा गिरी निलम्बित भएपछि प्रतिष्ठानमा हाल डा प्रह्लाद कार्की कामु उपकुलपतिमा नियुक्त भएका थिए।
Share on Twitter