डाक्टर बबिता खनाललाई मातृ शोक
काठमाडौं:वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर बबिता खनाललाई मातृ शोक परेको छ । नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत डाक्टर खनालकी आमा शोभा खनालको ६३ वर्षको उमेरमा निधन भएको हो ।
उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको जनाइएको छ । स्वर्गीय खनालको आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । स्वर्गीय खनालको दुई छोरा र एक छोरी छन् ।
Share on Twitter