नेपालमा धर्मसापेक्षताको बहस र नेपाली काँग्रेसको पहिलो घोषणापत्र
कुनै कालखण्ड र परिस्थितिमा कम्युनिष्ट दर्शनका आदर्श दार्शनिक कार्लमाक्सले धर्मलाई अफिम भनेको कुरालाई प्रजातान्त्रिक धारका मानिसहरु कम्युनिष्ट नास्तिक हुन्छन भन्दछन् र नेपालमा पनि त्यो प्रकारको आरोप लाग्ने गरेको छ। हुनत नेपाली काँग्रेसका नेता बि पि कोइराला पनि नास्तिक नै थिए भनिन्छ। सामान्य अर्थमा हेर्ने हो भने व्यक्तिको व्यक्तिगत अधिकार हो धर्म मान्ने र नमान्ने। माने पनि कुन धर्म मान्ने भन्ने छनौटका लागि उ स्वतन्त्र हुनुपर्ने र हुन्छ पनि। राज्य वास्तवमा धर्मको विषयमा निरपेक्ष वा तटस्थ रही राज्यमा भएका सबै धर्मलाई समभाव राखि फैलिने अवसर प्रदान गर्नु अहिलेको युगमा राम्रो मान्न सकिन्छ। कतिपय देशहरुमा धर्मका विषयलाई लिएर भिषण युद्द भएका इतिहास छन् र अहिले प्यालिस्टाइन र इजरायलबीचको युद्दको एउटा कारण धर्म पनि हो भनिन्छ। नेपालमा पनि छिटफुट धार्मिक घटना भएपनि विशाल रुप लिएको अवस्था छैन्। यही फागुन ३ गते वसन्तपञ्चमीमा पूजा गरेको सरस्वतीको मूर्ति विसर्जनका विषयलाई लिएर मुस्लिम र हिन्दुबीच रौतहटको इसनाथ नगरपालिकाको मोतिपुरमा झडप भएर केही दिन कर्फ्यु लगाउन परेको थियो।

प्राचीन कालमा राज्य सञ्चालन धार्मिक संस्थाहरुमार्फत हुने गरको पाइन्छ। हिन्दु संस्कारमा त राजालाई विष्णु भगवानको अवतारका रुपमा लिने गरेको थियो। राज्य सञ्चालनलाई व्यवस्थित बनाउने क्रममा विभिन्नि सामाजिक करारका सिद्दान्तहरुको प्रतिपादन भएका छन्।सामाजिक करारका एक दार्शनिक जोन लकले समाजमा शान्ति कायम गराउनमा प्रोटेस्टेन्ट भन्दा नास्तिक र क्याथोलिकहरु विश्वासिला हुन्छन भनेका थिए। लकको विपिरतमा मत राख्दै थोमस हब्सले धर्म र यसको विभाजनलाई राजनीतिक अस्थिरताको स्रोतका रुपमा व्याख्या गरेका छन्। जे भएपनि विश्वको राजनीतिक रंगमञ्चमा धर्मलाई महत्वपूर्ण क्याटालिस्ट मानिएको थियो, छ, र भैरहने छ।
विश्वको शक्तिशाली देश अमेरीका जो विश्वमा मानवअधिकार र प्रजातन्त्रको विषयमा २४ क्यारेट सुन आफू मात्र भएको दावी गर्दछ त्यस देशका राष्ट्रपतिले शपथ ग्रहण गर्दा बाइबलमाथि हात राख्दछन्। तथापि अमेरिका धर्म निरपेक्ष देश हो। २०२२ मा गरिएको एक अनुसन्धानका अनुसार ७३ प्रतिशत युवा धर्म राज्यका नीति नियमबाट अलग राखिनु पर्छ भन्ने पक्षमा रहेको देखिन्छ। बाहिरी विश्वले बढी उदारवादी मानिएका ८४ प्रतिशत डेमोक्रयाट र डेमोक्रयाट धारका मानिस र ६१ प्रतिशत अनुदारवादी रिपव्लिकनर रिपव्लिकन धारका मानिसले धर्मलाई राज्यका नीति नियमबाट अलग्गै राखिनुपर्छ भन्ने पक्षमाआफ्नो अभिमत जाहेर गरेका थिए। अमेरिका विकसित राष्ट्र भएकोले यस्तो नतिजा आएको होला किरु युरोपमा धर्मका नाममा भएका थुप्रै युद्दबाट पाठ सिकेको होलारुवा धर्मका बारेमा अमेरिकी जनताअनविज्ञ भएर होलारुअहिले पछिल्लो चरणमा हेर्नेहो भने अविकसित देशहरु धर्म र जातका नाममा युद्दमा बढी होमीएका भने देखिन्छन्।
धर्मको सम्बन्धमा हाम्रो नीति स्पष्ट छ। देशमा धेरै थरि धर्म मान्ने मानिस छन्। नेका यिनको साझा सरकार हुनेछ। अतः सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म एवम् विधि विधान मान्ने र त्यस अनुसार उपासना गर्न पूर्ण स्वतन्त्रता दिनु पर्छ।
सबै धर्मावलम्वीहरूलाई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधि विधान मान्ने र त्यसमा हिड्न दिने ग्यारेन्टी नेपाली कांग्रेस दिन्छ। कसैले कसैको धर्ममा बाधा दिन खोज्छ भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पूर्ण शक्ति लगाउने विश्वास दिलाउँछ। नेपाली कांग्रेसलाई आफ्नो संस्कृति प्यारो छ, र हाम्रो महान् संस्कृतिको आधारशिलामा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहन्छौ। २०१५ को घोषणापत्र
अमेरिकामा प्रत्येक पाँचजना मानिसमा एकजनाले क्याथोलिक धर्म मान्दछन् अर्थात २० प्रतिशत अमेरिकन क्याथोलिक धर्म मान्ने देखिन्छ। सन् १९६३ मा जोन एफ केनेडि र अहिनेले जो बाइडेन मात्रै क्याथोलिकक धर्म मान्ने समूहलाइ प्रतिनिधत्व गर्दछन भने बाँकी अन्य बाह्रवटा धर्म मान्ने समूहमा पर्द्दछन् । ँभदचगबचथ द्दण्द्दण् एभध च्भकभबचअज ऋभलतभच कगचखभथ अनुसार पाँचजना युवा मध्ये एकजनालेकाअनुसारका अमेरिकी राष्ट्रपति हुनकालागि धार्मिक विश्वास मान्ने मानिस हुनपर्दछ भन्दा रहेछन भने बाँकी १४ प्रतिशतले आफ्नो धर्म मान्ने मानिस राष्ट्रपति हुन योग्य हुन्छन् भनेका रहेछन्। सोही अनुसन्धानका अनुसार ६३ प्रतिशतले भने उच्च नैतिक मनोबल भएको मानिस अमेरिका जस्तो विविधतापूर्ण मुलुकको राष्ट्रपति हुन योग्य हुने मत जाहेर गरेका रहेछन् ।
बेलायतमा राजा वाररानि क्याथोलिक धर्मको संरक्षक हुन्छन्। राजा अझैपनि आधिकारीक रुपमा चर्च अफ इङ्ल्याण्डको प्रमुख हुन् र प्रधानमन्त्रीले क्यानटबरीको आर्कबिशप चयन गर्नै पर्दछ।अहिलेका बेलायती प्रधानमन्त्री ऋषि सुनक क्रिश्रचियन धर्मभन्दा बाहिरबाट प्रधानमन्त्री भएकाहिन्दु धर्मालम्बी हुन्। टोनी ब्लेयरले आफ्नी श्रीमतीको खुशीका लागि प्रोटेस्टेनट धर्मबाट रुपान्तरण भएगरेर क्याथोलिक धर्मालम्बी भएका थिए र प्रधानमन्त्रीबाट हटेपछि पुनस् मेरो ह्रदय जहाँ छ त्यही फर्किए भनेका थिए। बेलायतमा यही धर्मकै प्रधानमन्त्री हुनुपर्छ भन्ने नभएको देखिन्छ।
प्यू रिसर्च सेन्टरको विश्लेषणका अनुसार विश्वभरका १९९देशहरूमा ४३९२२५० देशहरुले धर्मलाई राज्यको धर्म बनाएका छन्, ४०९२०५० देशहरुले राज्यले कुनै न कुनै धर्मलाई साथ दिएका छन्। त्यसैगरी १०६९५३५० देशहरुले कुनै पनि धर्मलाई औपचारिक धर्म बनाएका छैनन् भने, १०९५५० देशहरु धर्मबिरोधी रहेका देखिन्छन।धर्म निरपेक्षता अहिले विश्वभर तिब्ररुपमा बढीरहेको छ। माथि उल्लेखित ५३ प्रतिशत देशहरुले कुनै पनि धर्मलाई राज्यको धर्म नमान्नुले राज्य धर्म निरपेछ भएर पनि रहन सक्छन भन्ने कुरा देखाउँदछ। तर यी देशहरुले कुनै पनि धर्मलाई राज्यको धर्म नबनाउनुका पछाडीका कारणहरुको खोजी गर्नु आवश्यक देखिन्छ।
सोही अनुसन्धानका अनुसार १९९ मुलुकका ८० भन्दा धेरै देश संवैधानिक हिसाबले धर्मनिरपेक्ष छन् लगभग सोही संख्यामा नै धर्म सापेक्ष देशहरू रहेको पाइन्छ। सन् २०१८ मा mथ च्भउगदष्अिब माऋजजभचष्लनथ्यलशयलले उल्लेख गरेअनुसार विश्वका ९६ वटा देशहरु धर्म निरपेक्ष रहेकोमा ३३ वटा युरोपमा मात्रै रहेका छन्। त्यसैगरी अफ्रिकामा २७, एसियामा २०, दक्षिण अमेरिकामा ७, ओसेनियामा ४, र उत्तरअमेरिकामा ५ वटा देशहरु धर्म निरपेक्ष छन्।लगभग दुई दर्जन देशहरूले आफूलाई कुनै कित्तामा देखाएका छैनन्। इराक, इरान, अफगानिस्तान र म्यादागस्कर जस्ता देशहरू पहिले धर्मनिरपेक्ष भएर पनि फेरि सापेक्ष घोषित भएका छन्।संसारका थुप्रै देशले आफूलाई सगर्व इस्लामिक देश भनेर चिनाउछँन्।
इजरायल विश्वको एकमात्र यहुदी राष्ट्र हो जसले यहुदी धर्ममान्ने संसारका नागरिकलाई इजरायली नागिरकाता लिनभाहे दिन्छ।अस्ट्रेलियाले संविधानमै आफूलाई क्रिस्चियन राष्ट्र मान्छउल्लेख गरेको छ। संसारका थुप्रै देशले आफूलाई सगर्व इस्लामिक देश भनेर चिनाउछँन्।विश्वमा थुप्रै यस्ता धर्म निरपेक्ष देशहरु छन्जो संवैधानिक हिसाबले दुईअर्थी छन्। धर्मलाई लिएर विभिन्न देशहरुका आआफ्नै व्यवहार हुने गर्दछन्। शास्त्रदत्त पन्त नेपाल भारत सम्बन्धमा लेख्दछन्(पाकिस्तानमा मुसलमान उम्मेदवारलाई हिन्दुले भोट दिन पाउँदैन। धेरै इस्लामिक रास्ट्रहरुमा हिन्दुले दाहासंस्कार गर्न काजक्रिया गर्न मठमन्दिर बनाउन पाउदैन।ययसरी हेर्दा धर्म एकप्रकारको स्थायी परिचय भएको देखिन्छ। तर बिचारणयी पक्ष यो छ कि यसको क्षणिक तथा उत्तेजनात्मक अदलबदलले निकै विग्रह ल्याउन सक्छ।
एकपटक बहुसंख्यक धर्मालम्बी बसोबास गर्ने केही देशहरुले सोही अनुसारको राज्य धर्म अपनाएका छन् कि छैनन् भनेर हेरौ। ८७। १७५ बुद्धधर्मालम्बी भएको दक्षिणपूर्वि एसियाली मुलुक थाइल्याण्डको राज्य धर्म छैन् तर बुद्ष्टि, मुस्लिम, ब्राहमिन(हिन्दु, शिख, र क्रिश्चियनलाई राज्यलेको औपचारिक धर्मका रुपमालाई स्वीकार गरेको छ। त्यसैगरी ८७५ मुस्लिम धर्म मान्ने र विश्वको सबैभन्दा धेरै मुस्लिम मानिस बसोबास गर्ने मुलुक इन्डोनेसियामा राज्यको औपचारिक धर्म भने छैन्।भारत धर्म निरपेक्ष देश भएपनि त्यहाँ ७९।८५ हिन्दु धर्मालम्बी बसोबास गर्छन। अचम्मको कुरा त के छ भने विश्वका हिन्दुमध्ये ९४५भारतमा नै बस्दछन्। यतिधेरै हिन्दुहरुको बसोबास रहेको र हिन्दुस्तान नामले चिनिने छिमेकी देश भारतका शासकहरुले भारतलाई हिन्दु राज्य नबनाएर नेपाललाई हिन्दु राज्य बनाउने मुद्दा उठाएर नियन्त्रित अस्थिरथा निर्माण गराइ नेपालको समग्र अवस्थालाई आफ्नो नियन्त्रणमा राख्ने रणनीति भन्दछन् धर्म निरपेक्षका वकालतकर्ताहरु।
नेपालमा करिब ९०५ जनता ओमकार परिवारका मानिस बसोबास गर्ने गर्दछन र नेपालको संविधान २०७२ अनुसार नेपाल धर्म निरपेक्ष देश हो। न पुग्यो। यसै विषयलाई लिएर केही सानातिना राजनीतिक संगठन र धार्मिक संगठनको सानो स्वरले नेपाल हिन्दुधर्म सापेक्ष हुनुपर्ने माग गरिरहेका थिए। विशेषतस् राप्रपा यसमा लागिरहेको थियो र छ।कमल थापाले यहि मुद्दा बोकेर एक मत बाच्चीलाई अर्को भोट गाछीलाई भन्दै संविधानसभामा २४ सिटसहित छिरेर राजनीतिक लाभ राम्रैसँग उठाउन सो मुद्दा बेचेको आरोप पनि छ। देशको ठूलो प्रजातान्त्रिक दलका केही मानिस यही समूहको बोलीमा लोली मिलाउन खोजेपनि प्रष्ट रुपमा अगाडी आउन सकेका थिएनन्। तर गत महाधिवेसनसमितिको बैठककाबेला तत्कालिन महामन्त्री शशांक कोइरालाले महासमितमा हिन्दु राज्यको एजेण्डा अगाडी बढाउने भनेपनि त्यसले सार्थकता पाउन भने सकेन।
ललितपुरको गोदावरीमा जारी काँग्रेसको महासमिति बैठकको दोस्रो दिन सम्म पहिलो दिन २३ सयमहासमिति सदस्यमध्ये १ हजार ६३चारसय महासमिति सदस्यले गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रु नेपाल स्थापनाको पक्षमा हस्ताक्षर गरेका थिए जसमा बिपि पुत्र तथा पूर्व महामन्त्री शशांक कोइरालले र पूर्व सभामुख तारानाथ रानाभाटले पनि हस्ताक्षर गरेका छन्। यस अभियानको नेतृत्व कांग्रेस केन्द्रिय सदस्य शंकर भण्डारीले गरेका छन् तथापि उनको यो एजेण्डा कांग्रेस महासमितिको औपचारिक एजेण्डा बन्न सकेको छैन्। तर हलमा सहभागी सदस्यलाई प्रस्ताब भने बाँडिएको र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको थियो।उनको दाबी छ नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको ठिक उल्टो संविधानमा धर्म निरपेक्ष लेखियो। यसले बहुसंख्यक नेपालीको मन दुखाएको छ।
लामो समय सत्ताको वरिपिर रहेका लक्ष्मण घिमिरे शान्तिका लागि गरिएको १२ बुँदे सहमति नै अहिलेको सम्पूर्ण अव्यवस्थाको जननी हो। यहीसहमतिको जगमा बनेकोयो संविधानमा संशोधन हुनुपर्ने जिकिर गर्दै भन्दछन् - क्रिसमस मनाउने क्रममा संस्कृति मन्त्रीको बोलीले के संकेत गर्दछरु पहिलो संविधानसभामा काँग्रेस संसदिय दलको सचेतक रहेका घिमिरेले त्यतिबेला संसदमा धर्मका विषयमा जनमत संग्रह गरिनुपर्छ भनेको थिए भन्दछन्। कांग्रेसका केही मानिसलेोयस धर्मको विषयमा अहिले चालिरहेका कदमप्रति पूर्व परराष्ट्र सचिव मधुरमण रेग्मी एक्समा लेख्दछन् - धर्मकर्ममा चाख भए तीर्थाटन गरेहुन्छ, पूजा अनुष्ठान यज्ञादि गरेहुन्छ, ब्रत उपवास बसेहुन्छ, सम्पत्ति दान दातव्य दिएहुन्छ, दीन दुखीको सेवा गरेहुन्छ, आधात्यमिक ज्ञान र दर्शनको अध्ययन गरेहुन्छ, र ध्यान योग वा तपस्या गरेहुन्छ। उनले थप लेखेका छन् - सबै छोडेर किन राजनीतिमा धर्म घुसाउनेरु त्यो त भएन। यसले के संकेत गर्छ भने जनजिवनसँग जोडीएका समस्या समाधानमा केन्द्रीत हुनुको सट्टा राजनीतिमा धर्म मिसाउदा बल्लतल्ल शान्तितर्फ अगाडी बढेको देश थप अन्यौलतामा फस्न सक्दछ। मुलुक अनावश्यक मुठभेडमा जानसक्छ।अर्कोतर्फ हिन्दु राज्यका पक्षपाति संस्कृतिविद् डा।जगमान गुरुङ भन्दछन्- नेपाललाई हिन्दुराष्ट्र त बनाउने तर यहाँ राजसंस्था नराख्ने भन्ने माग सुसङ्गत देखिदैन। उनी थप भन्दछन्- राजाविनाको हिन्दुराष्ट्र त मुर्कुटा हुन्छ। वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी पनि २०४७ सालको संविधानमा फर्किनुनै नेपालकालागि हितकर हुने जिकिर गर्दछन्।
हिजो संविधान जारीगर्दा यस्ता संवेदनशील विषयमा गम्भिर हुनुपर्थ्यौ। अब अलिअलि समालिन लागेको मुलुकमा थप द्वन्द सिर्जना गरेर अलिअलि बाँकिरहेका युवालाई विदेश पलायन हुनमा उत्प्रेरित नगरौ। काँग्रेसले आगामी निर्वाचनमा हिन्दु धर्मालम्बीको मत आफ्नो पोल्टामा पार्न चालिएको चालपनि हुनसक्छ। काँग्रेसभित्र धर्मका विषयमा भैरहेको बहसप्रति व्यंग गर्दै मुटुरोग रोग विशेषज्ञ रामेश कोइराला एक्समा लेख्दछन्रा- ज्य धर्म निरपेक्ष हुन्छु भन्नुर धर्म स्वतन्त्र हुन्छु भन्नुमा फरक चैँ के होरु फेरि काँग्रेसको चारतारामा एउटा तारा धर्म हो रे। काँग्रेसको धर्मसम्बन्धि नीति र भैरहेका बहस र गतिविधिप्रति थप व्यङ्य गर्दै कोइराला लेख्दछन्- कि त डाक्टरका अक्षरमात्रै हैन, कुरोसमेत नबुझिने हुन्छन् भन्दिने हो ?
त्यसो त २०८० मंसिरमा ११ मा जिल्ला सम्मेलनमा सहभागी हुन पूर्वी नवलपरासी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले हिन्दु राष्ट्रबारे ‘ग्रिन सिग्नल’ दिँदै भनेका थिए, ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिन्छ तर गणतन्त्रको विकल्प छैन।’ सभापति देउवाबाटै ‘ग्रिन सिग्नल’ पाएपछि कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा बलियो मत बन्दै गएकोछ। त्यसलाई पूर्णता दिन समय लाग्ने भएकोले भित्रभित्रै खिचडी पकाउन कतै मूल नेतृत्वले नै प्रत्यक्ष वा परोक्ष सहयोग गरेको त छैन भन्ने प्रश्न पनि उब्जिएको छ।
इस्लाम धर्मलाई धेरै सरकारहरुले राज्य धर्मका रुपमा सहजै लिने गरेको पाइन्छ। प्यू रिसर्च सेन्टरले उल्लेख गरे अनुसार मध्य पूर्व-उत्तर अफ्रिका क्षेत्रका अधिकांश देशसहित द्दठ देशहरूले इस्लाम धर्मलाई आधिकारिक रूपमा आफ्नो राज्य धर्मको रूपमा स्थापित गरेका छन्। तुलनात्मक रूपमा, केवल नौ युरोपेली राष्ट्रहरू सहित वटा १३ देशहरूले इसाई धर्म वा एक विशेष इसाई सम्प्रदायलाई आफ्नो राज्य धर्मको रूपमा अपनाएका छन्।त्यसैगरी २८ वटा देशहरु ले कुनै यो वा त्यो धर्म अनौपचारिक रुपले मन पराउने कुरा उल्लेख गरेको छ।
गज्जव त के छ भनेनेपालकै इतिहासमा जन प्रतिनिधि मार्फत संविधान बनाउने दोस्रो संविधानसभामा संविधानको मस्यौदा तयार पार्ने समितिका संयोजक कृष्णप्रसाद सिटौला र संविधान जारी गरेका राष्ट्रपति डा. रामवरण यादव दुबै जना कांग्रेसबाटै निर्वाचित भएका थिए।दोस्रो संविधानसभाबाट २०७२ भदौ ३० मा पारित भएको नयाँ संविधान असोज ३ गते जारी हुँदैगर्दा खुसियालीमा ताली ठोक्नेमा सबैभन्दा धेरै सभासद् अर्थात तत्कालीन संविधानसभाका ६०१ सदस्य मध्ये २०७ जना देशकै पुरानो पार्टी नेपाली कांग्रेसका थिए। त्यतिबेला उनीहरुले के आधारमा तालि ठोकेरुके को रनभुलमा परेरुअहिले धर्म सापेक्ष राष्ट्रका पक्षमा वकालत गर्नेहरुमा २०६३ जेठ ४ को नेपालको म्याग्नाकार्टा भनेर चिनिने घोषणासभामा र संविधान बनाउने र ताली ठोक्नेहरु नै उभिनु उदेक लाग्दो विषय हो। के उनीहरुले धर्म निरपेक्षका पक्षपातीसँग छलफल र उनीहरुको मन जित्ने काम गरेका छन्रु होइन भने देश फेरी गृहयुद्वमा नजाने ग्यारेन्टि कसले र कसरी हुन्छरु कोशी प्रदेशको नामाकरणलाई सामान्य रुपले लिँदा असन्तोषका ज्वारभाटा उठिरहेकाबेला धर्मको विषय किन यसरी अगाडी आएको छवा ल्याइएको छरु तत्कालीन संविधानसभाका ६०१ सदस्यमध्ये कांग्रेसका मात्रै २०७ जना थिए।
यसको जवाफ त्यतिबेलाउनीहरूले ताली ठोक्ने र हस्ताक्षर धस्ने मात्र नभई त्यसअघि ‘धर्म निरपेक्ष’ रहने संविधानका प्रत्येक भाग, धारा र अनुसूचीमा बहस पनि गरेकागर्नेहरुले दिनु पर्दैनरु थिए।
नेपालकै इतिहासमा जनप्रतिनिधिमार्फत मस्यौदा तयार पारिएको यो संविधान जारी हुँदा डा। रामवरण यादव राष्ट्रपति थिए, जो कांग्रेसबाटै निर्वाचित भएका थिए। कांग्रेसकै नेता कृष्णप्रसाद सिटौला संविधान मस्यौदा समितिका संयोजक थिए। यसरी आफ्नै उल्लेख्य सहभागितामा निर्माण भई जारी यही संविधानले अवलम्बन गरेको ‘धर्म निरपेक्षता’विरुद्ध अहिले कांग्रेसमा मत बलियो बन्दै गएको छ।
नेपालमालाई धार्मिक पर्यटनलाईको गन्तव्य बढानाएर आर्थिक उन्नती गर्नका लागि पनि प्रकृतिले दिएको र मानव निर्मित स्थलहरुको, ऐतिहासिक प्रणामहरुले जुराई दिएको सनातनी धर्मको प्रचार प्रसार गर्नुपर्ने दायित्व सरकारको त हो नै यसका लागि राजनीतिक पार्टीहरुले पनि अगुवाई गर्नुपर्दछ । के यसो गर्न जसको शुरुवात भनेकै नेपालको संविधानमाबाट भएको धर्म निरपेक्षताले रोकेको छरुाई हटाएर धार्मिक स्वतन्त्रता वा सनातन धर्म वा हिन्दु धर्म वा धर्मका विज्ञहरुसंग छलफल गरेर त्यस्तो केही शब्द राखौं जसले धर्मको संरक्षण गर्न सरकार बाध्य होओस । के यसले कला, संस्कृति, परम्परा, रितिरिवाजको संरक्षण र प्रचारप्रसार गर्न रोकेके छरुहुन गई देशको पहिचान बढेर जान्छ । जसले राष्ट्रियतालाई समग्रमा बलियो बनाउँछ ।
विजय मिश्र २०७८ असोजको डिसी नेपालमा लेख्दछन्- तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धार्मिक स्वतन्त्रतालाई बटम लाइन बनाएर हिड्न चाहेका थिए । तर उनलाई छोरी सुजाताले धोखा दिएको प्रसंग खुबै चर्चामा आएको थियो । गिरिजा प्रसाद कोइरालालाई धर्म निरपेक्षाको पक्षमा हस्ताक्षार गराउन उनका सल्लाहकार र छोरीले खेलेको भूमिकाका बारेमा अर्को बहसमा विस्तृतमा छलफल गरिने छ । यहाँ यत्तिकै भनौ धर्म निरपेक्षका लागि मोटो रकम प्राप्त गर्नेहरुको जालमा गिरिजाप्रसाद कोइराला फस्न गए । अहिले धर्म सापेक्षताको वकालत उनै सुजाताले गर्दैछन्। यसको मक्सद के हो ? मिश्रले अर्को बहसमा छलफल गर्ने भनेका विषयमा छलफल गरे कि गरेनन्रु यो अर्को खोजको विषय बनेको छ। विजय मिश्र २०७८ असोज डिसी नेपाल
२४२०६२्०६३ को आन्दोलन पछि आएको गणतन्त्रमा हतपतमा केही कामहरु गर्ने क्रममा नेपाली कांग्रेसका अध्यक्ष गिरिजाप्रसाद कोइरालाले धार्मिक स्वतन्त्रतालाई छोडेर धर्म निरपेक्षताको पक्षमा निर्णय लिए जसले गर्दा नेपाली कांग्रेसको विधान संशोधन गर्दा धार्मिक स्वतन्त्रतालाई हटाएर धर्मनिरपेक्षतालाई अंगाल्ने निर्णय गरेको थियो ।
कांग्रेसका निवर्तमान महामन्त्री शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिँदै आएका थिए। २०७५ मंसिर पहिलो साता उनले नेपाल हिन्दु राष्ट्र हुने कि धर्म निरपेक्ष भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। अहिले पनि उनी धर्म निरपेक्षताको पक्षमा छैनन्। नेता कोइरालाले संविधानमा ‘धर्म स्वतन्त्र’ राख्नुपर्ने बताउँदै आएका छन्।
त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवाले गत मंसिरमा पूर्वी नवलपरासीबाट हिन्दु राष्ट्रबारे ‘ग्रिन सिग्नल’ दिएका थिए। मंसिरमा ११ मा जिल्ला सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका उनले भनेका थिए, ‘धर्म निरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिन्छ तर गणतन्त्रको विकल्प छैन।’ सभापति देउवाबाटै ‘ग्रिन सिग्नल’ पाएपछि कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा बलियो मत बन्दै गएको देखिन्छ।
विगतदेखि नै हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका कांग्रेस सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा महासमितिको सम्मुखमा मंगलबार ‘हिन्दु राष्ट्र महाअभियान’ नै घोषणा गरिएको छ। महाअभियानका संयोजक नेता भण्डारी महासमितिमा कुनै पनि हालतमा हिन्दु राष्ट्रको एजेन्डामाथि छलफल हुने र निष्कर्षमा पुग्ने दाबी गर्छन्। केन्द्रीय समितिले नै हिन्दु राष्ट्रको मुद्दालाई महासमितिको मूल एजेन्डा बनाउनुपर्ने उनको माग छ।
तसर्थ निरपेक्षतारसापेक्षता कुनै अलौकिक र अपराजयी गुणभन्दा पनि वस्तुगत आवश्यकताको आधारमा सम्बन्धित देशले निर्णय लिने विषय हो। निरपेक्षतामा गएपछि सापेक्षतामा जानै हुँदैन भन्न खोजिएको होइन तर त्यसकालागि सरोकारवाला पक्षसँग सघन बहस र छलफल हुन जरुरी छ।
अहिले पनि अमेरिकामा राष्ट्रपति हुन क्रिस्चियन प्रोटेस्टेन्ट नै हुनुपर्छ। बेलायतकी महारानी क्याथोलिक धर्मकी संरक्षक मानिन्छिन्। अस्ट्रेलियाले संविधानमै आफूलाई क्रिस्चियन राष्ट्र मान्छ। संसारका थुप्रै देशले आफूलाई सगर्व इस्लामिक देश भनेर चिनाउछँन्। यसरी हेर्दा धर्म एक प्रकारको स्थायी परिचय भएको देखिन्छ। यसको क्षणिक तथा उत्तेजनात्मक अदलबदलले निकै विग्रह ल्याउन सक्छ।
जर्मन विद्वान मेक्समुलरले हिन्दुग्रन्थको गहन अध्ययन गरेर यसलाई संसारको सर्वाधिक उदार धर्म भनेका छन् भन्ने जिकिर शास्त्रदत्त पन्तको रहेको छ। हुनपनि व्यवहारमा अरु धर्मभन्दा उदार नै छ। कसैले हिन्दु धर्म मानेपनि नमानेपनिकसैले केही गर्दैन, प्रश्न उठाउदैन। बाहुनले जनै लगाएर वा नलगाएर अभक्ष वस्तु सेवन गरेपनि उ बाहुन नै हुन्छ र पूजापाठकालागि वर्जित हुँदैन। त्यसैले भन्ने गरिएको होला बाहुन भट्टीमा र गाई ट्टीमा गएर बिटुलो हुँदैन।पहिलो पटक नेपाल हिन्दु राष्ट्र बनाउन तत्कालिन महाराज महेन्द्रले २०१९ सालको संविधानलाई प्रयोग गरेका थिए भने जनताका प्रतिनिधिद्वारा बनाएको संविधान २०७२ ले नेपाललाइ धर्म निरपेक्ष बनायो। देशको ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले २०७२ मा जारी गरेको पार्टीको नीतिमा धर्मको बारेमा मौनप्राय छ र लेखिएको छ- हाम्रो प्रतिबद्धता नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं। परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयको नेतृत्व गरौं। यसको अर्थ धर्म निरपेक्षता नै धर्मसम्बन्धि नीति हो। गत ०७९को निर्वाचनमा काँग्रेसले आफ्नो घोषणापत्रमा पनि नेपाली काँग्रेसले धर्मकाबारेमा केही लेख्न आवश्यक नठानेर नै होला केही उल्लेख गरेको छैन्। काँग्रेसले आफ्नो स्थापनापछिको आम निर्वाचनमा धर्मकोबारेमा के लेखेको छ त भनेर हेरौ।
२०१५ सालको पहिलो आम निर्वाचनको घोषणापत्रमा काँग्रेसले धर्म शिर्षकमा लेखेको थियो- धर्मको सम्बन्धमा हाम्रो नीति स्पष्ट छ। देशमा धेरै थरि धर्म मान्ने मानिस छन्। नेका यिनको साझा सरकार हुनेछ। अतः सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म एवम् विधि विधान मान्ने र त्यस अनुसार उपासना गर्न पूर्ण स्वतन्त्रता दिनु पर्छ।
सबै धर्मावलम्वीहरूलाई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधि विधान मान्ने र त्यसमा हिड्न दिने ग्यारेन्टी नेपाली कांग्रेस दिन्छ। कसैले कसैको धर्ममा बाधा दिन खोज्छ भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पूर्ण शक्ति लगाउने विश्वास दिलाउँछ। नेपाली कांग्रेसलाई आफ्नो संस्कृति प्यारो छ, र हाम्रो महान् संस्कृतिको आधारशिलामा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहन्छौ। धर्मकोबारेमा उतिबेला काँग्रेस यति प्रष्ट रहेछ तर अहिले किन अलमलमारुअहिले धर्मका नाममा, परम्पराका नाममा एकआपसमा लड्ने वातावरण बनिरहेको छ।देशमा धर्म युद्ध मच्चाउने तत्त्व सक्रिय भइरहेको। सबै नेपालीले बुझ्नुपर्छ, यो कतै हामीलाई लडाएर लुट्ने खेल त होइनरु बेलैमा सचेत भैएन भने दशवर्ष लामो शसस्त्रयुद्वको घाउनिको नहुँदै अर्को द्वन्दको खेति नहोला भन्न सकिदैन। युद्व सर्दार र हतियार व्यापारी पनि सल्वलाइ रहेका पनि छन्।अब यस्ता तत्त्वलाई बेलैमा चिनेर सचेत हुनुको विकल्प छैन।
नेपाल परम्परागत तथा संवैधानिक रुपले पनिसबैजात, धर्म, संस्कृतिका मान्छेहरू बस्ने साझा फूलबारी हो। पृथ्वीनारायण शाहाको भाषमा नेपाल चार जात छत्तिस जातको साझा फूलबारी हो। यसलाई गोडमेल गरेर थप रंगीन बनाउनेतर्फ लाग्नु सबैको हितमा छ नकि भैरहेको संवैधानिक व्यवस्थालाई खलबल्याएर थप अस्थिरता सिर्जनातिर लाग्नु राम्रो होइन।
यहाँको सामाजिक सहिष्णुतालाई भत्काएर छिन्नभिन्न पार्न खोज्दैछ न्केही तत्त्व। दक्षिणको वर्तमान राज्य र त्यसमा पनि उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनि बेलाबेला बोल्ने गरेको पाइन्छ। हाम्रोजस्तो धार्मिक, जातीय, सांस्कृतिक विविधता भएपनि आपसमा बलियो सहिष्णुतामा बाँधिएर रहेका समुदायमा खेलेर आपसी सहिष्णुता, सद्भाव भत्काएर हामी कस्तो खालको समाजको परिकल्पना गर्दै छौंरु हामी तालिवानी पथतिर त जाँदैछैनौ कतैरु युरोपमा त्यसै धर्मलाई राजनीतिबाट अलग गरिएको थिएन होलारु हिजो गरिएको निर्णय गलतै थियो भने सच्याउनु पर्दछ तर त्यो सच्याउने वहानामा अर्को गम्भिर र ठूलो गल्ति नहोस भन्ने मात्र चाहना हो।
२०६२र०६३ को दोस्रो जनआन्दोलनको सफलता पश्चात २०६४ असोजमा ललितपुमा बसेको महासमिति बैठकले तत्कालिन दुईवटा काँग्रेसलाई एकिकरण मात्रै गरेन २४० वर्ष लामो राजतन्त्रको समूल अन्त्यसहित गणतन्त्र स्थापनाको ढोका खोलेको थियो। संयोग अहिले चलिरहेको काँग्रेस महासमिति बैठक पनि ललितपुरमा नै चलिरहेको छ र यसले २०६४ को निर्णय र आफ्नै सभापति शुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानले व्यवस्था गरेको धर्मनिरपेक्षतालाइ सापेक्षतामा फर्काउनुपर्ने आवाजको सम्बोधन गर्दछ कि नाई,सम्पूर्ण नेपालीको ध्यान अहिले गोदावरीतर्फ सोझिएका छन्। इराक, इरान, अफगानिस्तान, र मदागास्कार एकपटक धर्म निरपेक्षताको स्वाद चाखेर धर्म सापेक्ष राष्ट्रमा फर्किएको दृष्टान्तले पनि नेपाल धर्म सापेक्ष राष्ट्र बनिहालेमा अनौठो त हुनेछैन् तर त्यसबाट राष्ट्रले कस्तो परिणाम भोग्ला भन्ने चिन्ता र चासोको विषय हो।
Share on Twitter