स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिव डा.जोशीद्रारा पदभार ग्रहण
काठमाडौं:नेपाल स्वास्थ्य अनुसन्धान परिषदका नवनियुक्त सदस्य सचिव डा प्रमोद जोशीले पदभार ग्रहण गरेका छन्। सचिव जोशीले बुधबार परिषद पुगेर पदभार ग्रहण गरेका हुन्।
गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको थियो। डा जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा जोशीले त्यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए। परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त रहेको उक्त पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो।
डा जोशी नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत हुन् । पदबहाली गर्दे डा जोशिले सातवटै प्रदेशमा स्वास्थ्य अनुसन्धान सम्बन्धी तालिम, गोष्ठिहरु तथा हालसम्म सम्पन्न भएका अनुसन्धानबाट प्राप्त नतिजाहरुको प्रवोधिकरण यहि आर्थिक बर्षभित्र शुरुवात गर्ने पहिलो निर्णय गरेका छन्।
Share on Twitter