कीर्तिपुरमा क्रिकेट क्रेज
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्ससँगको खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शकहरु ठूलो संख्यामा उपस्थिति भएका छन् ।
आज शनिबार बिदाको दिन भएकाले पनि दर्शक बढेका छन् ।
कतिपय दर्शक नेपाली क्रिकेट टिमको जर्सी लगाएर र राष्ट्रिय झण्डा बोकेर नै मैदानमा पुगेका छन् ।
खेलमा नेपालले सुरुदेखि नै नेदरल्याण्ड्सलाई दबाबमा राखेकाले पनि दर्शकहरु उत्साहित छन् ।
Share on Twitter