राष्ट्रिय आधारभुत विद्यालय शाखा जिङ्गलाउमा स्वास्थ्य शिविर सहित सहयोग
काठमाडौं:राधा क्यान्सर सचेतना फाउन्डेसन सहितका संघसंस्थाले चितवनको कालिकानगरमा आयोजना गरेको स्वास्थ्य शिविरमा ७५ जनाले सेवा लिएका छन् ।

दिप ज्योती नेपालको समन्वयमा राधा क्यान्सर सचेतना फाउन्डेसन, श्रमीक नेपाल प्रोटेक्ट किड्स ड्रिम्स इन नेपाल तथा कालिका नगरपालिका वडा नम्बर १० को आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा राजु पोलीक्लिनीक दलदले, देव हस्पिटल भरतपुर र नेपाल औषधी व्यवसायी संघ नवलपुर शाखाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो ।
यस्तै आजै सरस्वती पूजाको अवसरमा राष्ट्रिय आधारभुत विद्यालय शाखा जिङ्गलाउका ३० जना विद्यार्थीहरुलाई झोला , कापि कलम र कपडा वितरण गरिएको छ ।

चितवनको दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । यस्तै ति संघ संस्थाले विद्यालयमा संचालन भईरहेको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन पकाउने र खाने भाडाकुडा पनि सहयोग गरेका छन् । साथै विद्यालयलाई केही थान कुर्ची समेत सहयोग गरेका थिए ।

पकाउने र खाना बाढ्ने समेत भाडाकुडा विद्यालयमा नदेखेपछि सहयोग गरेको दिप ज्योती नेपालका निर्देशक शुभराज शर्माले बताए ।

Share on Twitter