बंगलादेशमा एमबीबीएस र बीडीएस छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग
काठमाडौं:चिकित्सा शिक्षा आयोगले बंगलादेश सरकारले एमबीबीएस र बीडीएस अध्ययनका लागि उपलब्ध गराउने छात्रवृत्ति सिटमा सिफारिसका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।
आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली उम्मेदवारहरूले माघ १२ गते अपराह्न ३ः०० बजेभित्र आफ्नो प्रोफाइलमार्फत अनलाइन आवेदन पेस गर्न आह्वान गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाको पत्र अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारको लागि शैक्षिक सत्र २०२३ / २४ मा स्नातक तहको मबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिका सिट प्राप्त भएको र सोका लागि उम्मेदवार छनौट गरी पठाउन भनी लेखी आएको आयोगको भनाई छ । सो सम्बन्धी विस्तृत सूचना आयोगको वेबसाइट https://mec.gov.np मा प्रकाशित गरिएको छ ।

Share on Twitter