बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो
बाग्लुङ:बाग्लुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीमाथि दुर्व्यवहार भएको छ । म्याद गुज्रिएको औषधि वितरण गरिएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको हो ।
उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। क्रान्तिकारीले म्याद गुज्रेको औषधि खुवाएर बडिगाड बासीहरुको जीवनमाथि खेलवाड गरेको भन्दै कारबाही गरेको बताएको छ ।
जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी पत्रमा भनिएको छ –‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो ।’ गाउँपालिकाले भने आइरन फोलिक एसिड खुवाउने कार्यक्रम नरहेको जनाउँदै उक्त औषधिबारे अनविज्ञता प्रकट गरेको छ ।

Share on Twitter