बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी सदस्यमा पन्थी मनोनित
काठमाडौं:बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी सदस्यमा राजेश पन्थीलाई मनोनित भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेतले मन्त्रालयका उपसचिव पन्थीलाई प्रतिष्ठानको सदस्यमा मनोनित गरेका हुन् ।
पन्थीले आफूले सदस्यको पत्र पाइसकेको र केही दिनभित्र धरानमा बैठकका लागि जाने तयारी भएको बताए। प्रतिष्ठानको कार्यकारिणी समितिको अध्यक्ष उपकुलपति रहने छन्।
समितिमा शिक्षाध्यक्ष, मन्त्रालयका प्रतिनिधि, अस्पताल निर्देशक, प्रतिष्ठानका विभागीय प्रमुखहरुमध्येबाट मनोनित दुई जना सदस्य रहने व्यवस्था छ भने रजिष्ट्रार सदस्य सचिव रहनेछन्।
Share on Twitter