महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा डा चन्द्रमणि पौडेल नियुक्त
काठमाडौं:त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा चन्द्रमणि पौडेल नियुक्त भएका छन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।
क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेवारी दिएसँगै उनले कार्यभार समेत सम्हालिसकेका छन्। कार्डियो विषयमा डीएम गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीप समेत हासिल गरिसकेका पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ ।
Share on Twitter