क्षेत्रपाटीबाट २ करोड रुपैयाँसहित ३ जना पक्राउ
काठमाडौं : राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रुपैयाँ सहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । ‘बरामद रकम गन्ने क्रममा रहेको स्रोतले जनएको छ ।
ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टो करेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो ।
अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् ।
पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।
Share on Twitter