४१ देशका १२० बढी विशेषज्ञ चिकित्सक नेपालमा
काठमाडौं। तीनदिने ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट ९हिमभास०–२०२४’ काठमाडौंमा शुरु भएको छ। भास्कुलर सोसाइटीको आयोजनामा आज देखी तीन दिन अर्थात जनवरी १८ देखी २० सम्म हुने अन्तर्राष्ट्रिय स्तरको भास्कुलर सम्मेलन ‘हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास)– २०२४’ शुरु भएको हो।
आज ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा बिभिन्न साइन्टिफिक प्रस्तुतिसँगै सम्मेलन शुरु गरिएको छ। भास्कुलर सोसाइटी नेपाल तथा सम्मेलनका अध्यक्ष डा.सन्दीपराज पाण्डेले ४० भन्दा बढी देशबाट यस सम्मेलनमा सहभागि भएको जानकारी दिए।
उनले भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले यस सम्मेलनमा अनुभव साट्ने तथा सिक्ने अवसर पाउने भन्दै सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३५० बढी प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता भएको बताए।
डा.पाण्डेले सम्मेलनमा भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरुको सहभागिता रहेको जानकारी दिए।
सम्मेलनमा सहभागि हुन ४२ बढी देशका १२० बढी विज्ञ चिकित्सकहरुले काठमाडौँमा जम्मा भएका छन्। सम्मेलनमा वर्ल्ड फेडरेसन अफ भास्कुलर सोसाइटीका अध्यक्ष, युरोपियन भास्कुलर सोसाइटीका अध्यक्ष, एसियन सोसाइटीका अध्यक्ष, सार्क सोसाइटीका अध्यक्ष मात्रै होइन, भारत बंगलादेश, सिंगापुर, मलेसिया लगायतका देशका भास्कुलर सोसाइटीका अध्यक्षहरु सहभागी हुन काठमाडौँमा आएका छन्।
सम्मेलनको उद्घाटन कार्यक्रममा भास्कुलरका क्षेत्रमा उल्लेखनीय योगदान गरेका चिकित्सक तथा त्यससंग सम्वन्धित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। अन्नपूर्ण न्युरो अस्पतालका अध्यक्ष प्राडा बसन्त पन्त, मेदान्ता मेडिसिटीका अध्यक्ष प्राडा नरेश त्रेहान, भास्कुलर सोसाइटी अफ सार्कका अध्यक्ष डा मन्दिका बिजेरत्नेलाई सम्मान गरिएको थियो
त्यसैगरी डा सोहिव पदारिया, डा भरिन्दर सिंह बेदी भारत, डा मार्क लगायतलाई सम्मान गरिएको थियो भने गेष्ट अफ अनरको रुपमा नर्भिक अस्पतालका नेहा चौधरीलाई विशेष सम्मान गरिएको थियो।
Share on Twitter