शेरबहादुर देउवा निजी निवास बुढानीलकण्ठ फर्किए
काठमाडौं:नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । निजी निवास छाडेको ३० महिनापछि देउवा पुनः निवासमै फर्किएका हुन् ।
बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएको देउवाको निजी सचिवालयले जनाएको छ ।
२०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए ।
Share on Twitter