केन्द्रीय अस्पतलाहरुका लागि १६ हजार दरबन्दी आवश्यक
काठमाडौँ:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी आवश्यक रहेको बताएका छन् ।
मंगलबार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सचिव पोखरेलले अर्थ मन्त्रालयमा दरबन्दीका लागि आफूहरुले गरेको प्रस्ताव स्वीकृत नभए ५ सय शय्यामा केन्द्रीय अस्पतालहरु बन्द हुने अवस्था रहेको समेत स्पष्ट पारे ।
हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाई थियो ।
यस्तै अस्पतालहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने नीतिमा भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । पोखरेलले प्राथमिक सेवाद्वारा रोगको प्रभावकारी तथा स्रोतले भ्याउन सक्ने रोकथाम तथा उपचारलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।
Share on Twitter