उपचारमा सुस्वास्थ्य अस्पताल अब्बल : नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता
काठमाडौं:नसा तथा हाड जोर्नीका बिरामीहरूको अकुपन्चर विधिबाट उपचार गर्दै आएको सुस्वास्थ्य अस्पतालले नवौँ वार्षिकोत्सव मनाएको छ ।
यो अस्पतालमा नसा तथा हाड जोर्नीका बिरामीहरूको अकुपन्चर विधिबाट उपचार हुँदै आएको छ । वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता प्राप्त भएको दाबी गरे । ‘नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता पाउनु ठुलो उपलब्धि हो, ’ बस्नेतले भने।
वार्षिक १३ सयभन्दा बढी नयाँ बिरामीलाई सेवा प्रदान गरेको उनको भनाइ छ । अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म देशका विभिन्न १२ स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जसबाट पाँच हजारभन्दा बढी बिरामीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको सुस्वास्थ्य अस्पतालको भनाइ छ ।
गुणस्तरीय प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यका साथ २०७२ माघ १ बाट सुस्वास्थ्य अस्पताल सञ्चालनमा आएको हो । यो अस्पताल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित रूप हो । अस्पतालमा नसा च्यापिएको बिना शल्यक्रिया उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी बढी आउने बस्नेतले बताए ।
Share on Twitter