यति एयरलाइन्सले सरी भन्नु त कहाँ हो कहाँ कस्तो छ सम्म सोधेन
पोखरा:पोखरा ४ राम रामकृष्ण टोलका मदनकाजी मदनकाजी श्रेष्ठ निकै खुसी थिए । प्राण प्यारो नातिलाई लिएर छोरा डा सुशील श्रेष्ठ र बुहारी डा सोना दिवाकर घर आउँदै थिए ।
आफ्ना सन्तान घर आउने भएपछि मनमन खुसी थिए मदनकाजी । पटक पटक फोन गर्दै छोरासँग जानकारी लिइरहेका थिए । साउँको भन्दा ब्याजको माया बढी हुने भन्दै सानो नाति कुन बेला आफ्ना हत्केलाले उचालौला भएको थियो मदनकाजीलाई ।
करिब १० बजेतिर बोडिङपास लियौ भनेर फोन गरेको सम्झँदै मदनकाजी भक्कानिए ।‘छोराले बोडिङपास लियौँ बुबा भनेर कल गरेको थियो । त्यही नै उसको अन्तिम संवाद बन्यो ’ छोराको फोन पछि छोरीलाई लिएर छोरा बुहारी लिन मदनकाजी पोखरा विमानस्थल पुगेका थिए ।
जहाजको प्रतीक्षा गर्दै थियौँ । समयमा जहाजले ल्यान्डिङ गरेन । केही समयपछि एयरपोर्टबाट दुई दमकल निस्किए । ‘मैले सम्झेँ– पोखरा बजारमा कतै आगलागी भयो होला ! केही समयपछि एयरपोर्टमा हल्ला चल्यो, प्लेन क्य्रास भयो । मेरो मनमा चिसो पस्यो । कतै यो क्य्रास भएको जहाज यति एयर त होइन ? कतै मेरो छोरा बुहारी त होइन ? मुटु अताल्लियो त्यसपछि मत बेहोस भएछु ’उनले भने ।
छोरा बुहारी र नातिको मृत्युका कारण मदकाजीकी श्रीमती भीममाया पनि अर्ध चेत अवस्थामा पुगिन् । मनलाई सम्हाल्नै सकेकी थिइनन् । दुर्घटनाको खबर पाएका आफन्तहरू मदनकाजीको घरमा जम्मा भएका थिए । तर श्रेष्ठ दम्पतीले भने को आए को गए पत्तै पाएनन् । घटना भएको माघ १ गते एक वर्ष भएको छ तर आफन्त गुमाएकाहरूको घाउ भने ताजै छ । ‘अझै पनि छोरा कतै छ कि जस्तो लाग्छ । दिउसोमा त मन भुलाउन सकिने रहेछ तर साँझ परेपछि छोराको अनुहार झलझली आँखामा घुमिरहन्छ’
मदनकाजीले भने ‘निकै मेहेनति थियो राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जन भएर काम गरेको थियो बुहारी डा सोना दिवाकरले पनि समाज सेवा गर्नुपर्छ भन्थिन आज सबै सपना उजाड भयो ’ जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको फाइनल (अन्तिम) रिपोर्ट पनि आई सकेको छ । एटीआर–७२ ९एन–एनएनसी जहाज दुर्घटना मानवीय त्रुटिकै कारण भएको प्रतिवेदनमा उल्लेख छ ।
यता मदनकाजीको मन भने यति एयर सङ्ग दुखेको छ । ‘यति एयरले मानवीय सम्वेदना पनि देखाउन सकेन , उसको प्लेन दुर्घटना हुँदा ७२ जनाको मुत्यु भयो एक पटक पनि हामीलाई सहानुभूति दिन आएन । ’उनी थप्छन्
‘जे भए पनि दुर्घटना भएपछि सरी भन्नुपर्ने तर आज एक वर्ष भयो हामीलाई कस्तो छ भन्न समेत आएन ’उक्त दुर्घटनामा जहाजको दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । उक्त स्थितिमा जहाज मुभ हुन नसकी सिँधै भुईँमा बजारिन पुगेको प्रतिवेदनमा भनिएको छ । यसो हुनुमा चालकको गम्भीर गल्तीका कारण तत्काल जहाजलाई अप्रेसनमा लैजान नसकेको र अन्ततः दुर्घटनामा परेको प्रतिवेदनमा छ ।
Share on Twitter