छोराछोरीसहित चन्द्रागिरीमा अस्ताए डा महेशकुमार गौतम
काठमाडौं:चन्द्रागिरीको सेतो पहरामा भ्यान दुर्घटना हुँदा डा महेश कुमार गौतम सहित ४ जनाको मृत्यु भएको छ। शनिबार बिहान काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको भ्यान ११ बजेर ५५ मिने६मा मा हिमचुली सेतो पहरास्थित सडकबाट पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो भने डा गौतमको ६ बर्षीया छोरी स्मारिकाको भने बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेहरूमा ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, ३८ वर्षीय डा महेश कुमार गौतम र ६ बर्षकी स्मारिका गौतम र ४ वर्षीय प्रियान्स गौतम रहेका छन्।
दुर्घटनामा डा गौतमकी श्रीमती डा सृष्टि तिवारी गौतम घाइते भएकी हुन्। उनी क्यान्सर रोग विशेषज्ञ हुन्। डा गौतम बाल रोग विशेषज्ञ हन्। उनी नेपाल आस्थमा एलर्जी सेन्टर लाजिम्पाटमा कार्यरत थिए। डा गौतम र डा तिवारीले चीनबाट अध्ययन गरेर फर्केका हुन्।
Share on Twitter