दाङ बस दुर्घटना :८ जना मृतकको सनाखत
काठमाडौं:दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।
मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जबाट काठमाडौंकालागि छुटेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । दाङ र अर्घाखाँची जिल्लालाई जोड्ने पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको हो ।
दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०/३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।
बाँकी चार जना करिब ३० देखि ४५ वर्ष उमेर समूहका पुरुष रहेको प्रहरीले जनाएको छ ।१२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जनाइएको छ ।

Share on Twitter